Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहरी व्यवस्थापनमा चुनौती थपिँदै गयो, सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गरौँ : बालेन शाह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताएका छन् ।

ब्राजिलको साओ पाउलोमा बुधबारबाट सुरु भएको मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन गएका मेयर बालेनले आज भएको ‘मेयरल राउन्ड टेबल’ कार्यक्रमअन्तर्गत आवास र भूमि तथा महानगर कल्याण र जीवनस्तर सुधारसँग सम्बन्धित ‘मेट्रोपोलिस नीति बहस’मा यस्तो धारणा राखेका हुन् ।

उनले सन् २०५० सम्ममा विश्वका ८० प्रतिशत मानिस सहर बस्ने अनुमानले सहरी व्यवस्थापनमा चुनौती थपिँदै गएको बताए ।

उनले भने, 'हामीले देखेका, भोगेका र अनुमान गरेका समस्या समाधानका उपाय हामीसँगै छन् । ठुला सहरकेन्द्रित बसाइँसराइलाई निरुत्साहित गर्नुपर्छ । सेटलाइट सहरहरूमा ठुला सहरमा भएका स्वास्थ्य, शिक्षा, रोजगारीसहितको सुविधा र अवसर दिनुपर्छ । यसले जनसंख्याको एकत्रित चाप रोकिन्छ ।'

बहसमा ठुला महानगरपालिकाका मेयरहरू सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077