Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिरीबन्धु टी–इस्टेट प्रकरणमा छानबिन समिति बनाउनुपर्छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरणमा छानबिन समिति बनाउनु पर्ने बताएका छन् ।

लैङ्गिक समानता अभिवृद्धिका लागि नेपाल महिला संघको भावी कार्ययोजना निर्माण विषयक कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै महामन्त्री शर्माले यस्तो बताएका हुन्।

महामन्त्री शर्माले गिरीबन्धुको जग्गा हिनामिनाको निर्णय हुँदा २०५२ सालमा एमालेको सरकार रहेको, २०६० सालको सरकार सूर्यबहादुर थापाको रहेको र २०७८ सालमा केपी शर्मा ओलीको नेतृत्वमा सरकार रहेको बताए ।

महामन्त्री शर्माले भने, ‘यति प्रष्ट हुँदा पनि ओलीले कांग्रेसले जग्गा बेचेर खाएको आरोप लगाउनुभयो । यदि त्यस्तो हो भने छानबिन समिति बनाएर पुष्टि गरे हुन्छ ।’

दोष कांग्रेसमाथि लगाउँदा आफूहरू चुप लागेर नसुन्ने महामन्त्री शर्माले बताए । आवेगले उठाएको प्रश्नलाई विवेकले जवाफ दिन कांग्रेस पछि नपर्ने महामन्त्री शर्माको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077