Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गिरीबन्धु जग्गा प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बेचेको छैन : महामन्त्री शर्मा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु टिस्टेट जग्गा प्रकरणको फाइल खोल्न चुनौती दिएका छन्।

महिला संघको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले उक्त कुरा बताएका हुन् । ओलीले आवेगमा आरोप लगाएपछि कांग्रेसले विवेकले जवाफ दिएको महामन्त्री शर्माले बताए ।

महामन्त्री शर्माले भने, ‘गिरीबन्धु प्रकरणमा केपी कमरेडले फेरि भन्नुभयो कांग्रेसले ९१ बिघा जग्गा बेचेर कमिसन खायो । त्यो उहाँको आवेगको कुरा हो । उहाँलाई म श्रद्धा गर्छु । तर, प्रश्न गर्ने कुरामा पछि हट्नि ?०५२ सालमा एमालेकै सरकार हुने, भूमिसुधार मन्त्री एमालेकै हुने ०६० सालको सरकार सूर्यबहादुर थापाको भूमिसुधार मन्त्री कांग्रेस नहुने, ०७८ सालमा त केपी ओलीको सेट नै हुने । अनि गिरीबन्धुको विषयमा यही तीनवटा सरकारमा पालामा निर्णय भएको छ अनि कांग्रेस नै नभएको सरकारको दोष कांग्रेसमाथि लगाउँदा हामी चुप लागेर सहेर बस्नुपर्ने?।’

उनले कांग्रेसले एक टुक्रा जग्गा बेचेर पैसा खाएको देखाउन चुनौती दिए । गिरीबन्धु टिस्टेट जग्गा प्रकरणमा कांग्रेसले एक टुक्रा जग्गा बचेर पैसा नखाएको महामन्त्री शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077