Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा महिला संगठनकी अध्यक्ष अन्जनाले दिइन् पदबाट राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महिला संगठनकी अध्यक्ष अन्जना शाह रावलले पार्टी छाडेकी छन्।

राप्रपाका महामन्त्री तथा सचिवालय प्रमुख राजेन्द्र गुरुङलाई सम्बोधन गरेर अन्जनाले राजीनामा दिएकी हुन् ।

उनी गत वैशाख २५ गते काठमाडौंमा भएको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएकी थिइन्।

जिल्ला अधिवेशनहरू र केन्द्रीय अधिवेशन गरी उनी अध्यक्षमा निर्वाचित भएकी थिइन्।

आफ्ना सहकर्मीलाई आफ्ना कारणले कामकाजमा अप्ठेरो परेको भन्दै उनले राजीनामा दिएकी हुन्।

उनले पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजेन्द्र गुरूङसमक्ष पदबाट राजीनामा दिएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमा राजीनामा पत्र नै सार्वजनिक गरेकी छन्।

उनले राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको अध्यक्ष, राप्रपाको साधारण सदस्यबाटै आफूले राजीनामा दिएको उल्लेख गरेकी छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077