Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ट्रक चालकको हत्या भएको घटनामा थप दुईजना प्रकाउ

बैतडी । बैतडीमा ट्रक चालकको हत्यामा थप दुई जना प्रकाउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीले ५१ वर्षीय वीरभान विष्टको हत्यामा संलग्न रहेको आरोपमा बुधबार पाटन नगरपालिका-६ का २६ वर्षीय आशिक पहरीलाई प्रकाउ गरेको हो।

यस्तै मंगलबार सोही ठाउँका ३८ वर्षीय भरतमोहन विष्टलाई पनि वीरभानकै हत्यामा संलग्न रहेको आरोपमा प्रकाउ गरेको थियो।पाटन-६ का वीरभान असार १ गते रातिदेखि बेपत्ता थिए।

उनको सोमबार स्थानीय घाङ्ल खोलामा हत्या गरिएको अवस्थामा शव फेला परेको थियो। मृतकका परिवारले पाँच जनाविरूद्व किटानी जाहेरी दिएका थिए।

प्रहरीले उनको शव फेला परेकै दिन सोही ठाउँकी शिक्षकसमेत रहेकी ३६ वर्षीय भागरथी विष्टलाई प्रकाउ गरेको थियो।

शिक्षिकासंगै सोही दिन पाटन नगरपालिका-१ का १९ वर्षीय राजेन्द्र भट्टराई र १७ वर्षीय किशोर भट्टराईलाई पक्राउ गरिएको थियो।

घटनाको मुख्य योजनाकार भागरथी रहेको प्रहरीको अनुसन्धानले देखाउछ। भागरथी र वीरभानका बीच बुहारी( ससुरा नाता समेत पर्छ।

घटनाबारे प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख डिएसपी दिपक गिरीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077