काठमाडौं । सर्वोच्च अदालतले सिधाकुरा डटकममा प्रसारित समाचार र अडियोका विषयमा बृहत् पूर्ण इजलासमा सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीशहरू कुमार चुँडाल र विनोद शर्माको संयुक्त इजलासले आज न्यायिक ब्याख्याको आवश्यकता भएको उल्लेख गर्दै बृहत् पूर्ण इजलासमा सुनुवाइका लागि आदेश गरेको हो ।
‘तथ्यपरक एवं सत्य, साँचो विचार र अभिव्यक्ति स्वतन्त्रता एवं प्रकाशन स्वतन्त्रतासमेतका समूल पक्षको ठोस र उपयुक्त तवरबाट न्यायिक व्याख्या भई दीर्घकालीन पक्षसमेत निर्देश हुनुपर्ने आवश्यकता छ,” आदेशमा भनिएको छ ।
प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोले अदालतलाई बुझाएको प्रतिवेदनमा सिधाकुराले प्रसारण, प्रकाशन गरेको अडियो मिथ्या रहेको दाबी गरिएको थियो ।
Leave a Reply