Online Nepal
  • बिहिबार, ३ असोज २०८१
  • उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ : पुटिन

    उत्तर कोरियासँगको सन्धिले आक्रामकताको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्छ : पुटिन

    अनलाइन नेपाल
  • बुधबार, ५ असार २०८१
  • 798
    SHARES

    एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमलाई स्पष्टरूपमा चेतावनी दिँदै उत्तर कोरिया र रुसबीच हस्ताक्षरित नयाँ सन्धिको पक्ष मुलुकले आक्रामकताको सामना गरेको अवस्थामा ‘पारस्परिक सहयोग’ प्रदान गर्ने बताएका छन् ।

    उत्तर कोरियाले युक्रेनमा प्रयोगका लागि रुसलाई हतियार आपूर्ति गरेको आरोप लगाउने पश्चिमी मुलुकहरूसँग मस्कोले सम्बन्ध तोडेको छ । मस्कोको युक्रेन आक्रमणको दुई वर्षभन्दा बढी समयमा पुटिनले उत्तर कोरियाको भ्रमण गरेका छन् ।



    “आज हस्ताक्षरित व्यापक साझेदारी सन्धिले यस सन्धि पक्षहरूमध्ये कुनै एकविरुद्ध आक्रामकताको अवस्थामा पारस्परिक सहयोग प्रदान गर्दछ”, पुटिनले भने, “यो अग्रणी दस्तावेज हो र यसले हाम्रो सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने छ ।”



    पुटिनले उत्तर कोरियासँग ‘सैन्य–प्राविधिक सहयोग’ लाई पनि अस्वीकार गरेनन् र युक्रेनमा मस्कोको काममा समर्थनका लागि उत्तर कोरियालाई धन्यवाद दिए ।

    रुसी समाचार एजेन्सीहरूले किमलाई उद्धृत गर्दै सन्धि ‘रक्षात्मक’ भएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार