Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भनेको नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्छ : प्रभु साह

काठमाडौं । आम जनता पार्टीका सांसद प्रभु साहले भनेको नमान्ने मन्त्रीलाई प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै सांसद साहले यस्तो बताएका हुन् ।

उनले आगामी आर्थिक बर्षको बजेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको प्रतिवद्धता अनुरुपको योजना र रकम विनियोजन नदेखिएको बताए।

साहले आफूले भने अनुसार बजेट निर्माण नगर्ने मन्त्रीलाई प्रधानमन्त्रीले हटाउन सक्नुपर्ने सुझाव दिए ।

अन्यथा, स्वयं प्रधानमन्त्रीमाथि नैतिक प्रश्न उठ्ने उनले बताए । बजेट पहुँचवाला नेता र मन्त्रीको क्षेत्रमा मात्रै पर्ने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077