Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सत्तारुढ दलकै सांसदले बजेटको विरोध गरे, सरकार असफल भइसक्यो : सांसद कार्की

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की सांसद रोशन कार्कीले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको दाबी गरेकी छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले यस्तो बताएकी हुन् ।

सांसद कार्कीले आगामी आर्थिक वर्षको बजेटमा सत्तारुढ दलकै सांसदहरूको असन्तुष्टि रहेकाले सरकार असफल भएको बताइन् ।

उनले बजेटमा सत्तारुढ दलकै सांसदहरुको असन्तुष्टि हुनुले नैतिकताको आधारमा मन्त्रीहरुले राजीनामा दिनुपर्ने बताइन् ।

उनले परराष्ट्र मन्त्रालयको खर्च विदेशमा भ्रमण गर्न र फर्निचर किन्न मात्रै भइरहेको भन्दै त्यसलाई कटौति गरेर आन्दोलनरत संघीय संसद् सचिवालयका कर्मचारीलाई भत्ता दिनुपर्ने बताइन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077