Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • सिके राउतलाई उपप्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्ताव

    सिके राउतलाई उपप्रधानमन्त्री बन्न एमाले अध्यक्ष ओलीको प्रस्ताव

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सीके राउतलाई उपप्रधानमन्त्री र परराष्ट्रमन्त्रीको प्रस्ताव गरेको खुलेको छ ।

    प्रतिनिधिसभामा ६ सिट भएको जनमत पार्टीका अध्यक्ष राउतलाई एमालेका अध्यक्ष ओलीबाटै उपप्रधानमन्त्रीसहित सरकारमा सहभागी हुन प्रस्ताव आएको हो ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालिरहेको बेलामा अध्यक्ष ओलीले जनमत अध्यक्ष राउतलाई उक्त प्रस्ताव पठाएको स्रोतले बतायो ।



    अहिले परराष्ट्रमन्त्री माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ छन् । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई पनि सरकारमा सहभागी हुन आग्रह गरेका थिए।

    उन्मुक्तिको ४ सांसद छन्। जनमत र उन्मुक्ति दुवै दलले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएर समर्थन गरेका छन्।

    जनमत र नाउपालाई सरकारमा समावेश गराउन एमाले र माओवादीबाट एकएक जना मन्त्री फिर्ता बोलाउने तयारी छ । यद्यपि त्यसबारे कुनै निर्णय भएको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार