Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ

    भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, ४ असार २०८१
  • 513
    SHARES

    काठमाडौं । भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भ्रष्टाचार विरोधी अभियन्ता हुँ भन्दै ठगी गर्ने चार जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।



    उनीहरुले आफूहरु भ्रष्टाचार विरोधी अभियन्ता भन्दै ‘बेथिति एवं भ्रष्टाचारविरुद्धको अभियान २०८०’ नामको संस्थाका नाममा ठगी गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    वडाहरुमा समेत संस्थाको शाखा विस्तारको गरेको भन्दै उनीहरुले सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनीहरुमा गएर भ्रष्टाचारको छानबिन गर्न आएको भनेर धम्क्याई रकम असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    उनीहरुले कर्मचारीहरुसँग असम्बन्धित सूचनाहरू माग्ने, धम्काउने, मुद्धा हालिदिन्छु भनि आतंक सृजना गरी भिडियो बनाई अनाधिकृत तवरले रकम समेत असुली गर्ने गरेको प्रहरीले जनाएको छ ।

    उक्त समूहले पुष्टि नै नभएका कुराहरुलाई सामाजिक संजालमा राखेर चरित्र हत्या गर्ने गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जनामाथि प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार