Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तेस्रोपटक प्रधानमन्त्री बनेपछि पहिलोपटक आज वाराणसी जाँदै मोदी

एजेन्सी । तेस्रोपटक भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदी पहिलोपटक आज आफ्नो निर्वाचन क्षेत्र वाराणसी जाँदैछन् ।

प्रधानमन्त्री मोदी अपराह्न ४ बजे बाटपुरस्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछन् ।

त्यसपछि उनी साँझ ५ बजे प्रधानमन्त्री किसान सम्मान सम्मेलनमा सहभागी हुनेछन् ।

यस क्रममा उनले वाराणसीमा प्रधानमन्त्री–किसान योजनाको १७औँ किस्ता किसानलाई वितरण गर्ने बताइएको छ ।

यस किस्ताअन्तर्गत ९ करोडभन्दा बढी जना किसानलाई २० हजार करोड रुपैयाँ दिइनेछ । मोदी तेस्रोपटक वाराणसीबाट सांसद निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077