Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रुसी राष्ट्रपति पुटिन २४ वर्षपछि आज उत्तर कोरिया जाँदै

एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन २४ वर्षपछि पहिलो पटक आज उत्तर कोरिया जाँदैछन् ।

उत्तर कोरियाली नेता किम जोङ उनको औपचारिक निमन्त्रणामा पुटिन आज राजकीय भ्रमणमा जान लागेका हुन् ।

रुसबाट सन् २००० पछि पहिलोपटक उत्तर कोरियाको राजकीय भ्रमण हुन लागेको बताइएको छ । क्रेमलिनले यो भ्रमणलाई मैत्रीपूर्ण राजकीय भ्रमण भनेको छ।

रुसी सञ्चारमाध्यमहरुका अनुसार भ्रमणमा पुटिन र किमबीच सुरक्षा मुद्दासहित विभिन्न क्षेत्रमा साझेदारी गर्नेबारे सम्झौतामा हस्ताक्षर हुन सक्छ ।

पुटिनको भ्रमण टोलीमा विदेशमन्त्री सर्गेई लावरोभ, रक्षामन्त्री आन्द्रेई बेलोसोफ लगायत सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077