Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • गृहसचिव र दुई आईजीपी अमेरिका जाँदै

    गृहसचिव र दुई आईजीपी अमेरिका जाँदै

    अनलाइन नेपाल
  • सोमबार, ३ असार २०८१
  • 4.6K
    SHARES

    काठमाडौं । गृहसचिव एकनारायण अर्याल तथा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी महानिरीक्षक अमेरिका भ्रमणमा जाने भएका छन् । आगामी १० असारमा उनीहरु अमेरिका जाने तय भएको छ ।

    हरेक वर्ष आयोजना हुने विश्वका प्रहरी प्रमुखहरुको सम्मेलनमा सहभागी हुन गृहसचिव अर्यालसहित प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर तथा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अमेरिका जान लागेका हुन् ।



    गत वर्ष महानिरीक्षक कुँवरको अमेरिका भ्रमण तय भएपनि नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा अन्तिम चरणमा पुगेकाले भ्रमण रोकिएको थियो ।



    यसपटक गृहसचिव पनि जान लागेका हुन् । उनीहरुको भ्रमण एक साता लामो हुने गृह मन्त्रालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार