Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्मीका कारण साउदी अरबमा १४ जना हजयात्रीको मृत्यु

एजेन्सी । साउदी अरबमा अत्यधिक गर्मीका कारण हजमा सहभागी १४ यात्रीको मृत्यु भएको छ। मृत्यु हुनेमा जोर्डन नागरिक रहेका छन् ।

जोर्डनको विदेश मन्त्रालयका अनुसार अत्यधिक गर्मीका कारण लू लागेर १४ जना जोर्डन नागरिकको मृत्यु भएको हो। अरु १७ जना बेपत्ता भएका छन्।

बेपत्ताहरूको खोजी भइरहेको छ। परिवारको इच्छाअनुसार मृतकहरूको शव गाड्ने वा स्वदेश पठाउने प्रक्रियाबारे साउदी अधिकारीहरूसँग छलफल भइरहेको जनाइएको छ।

हज संसारकै सबैभन्दा धार्मिक समारोहमध्ये एक हो। साउदी अधिकारीका अनुसार यो वर्ष १८ लाख बढी सहभागी हुने विश्वास लिएका छन्। यहाँको तापक्रम ४६ डिग्री सेल्सियस मापन गरिएको छ।

जसका कारण घर बाहिर र पैदल हिँड्ने तीर्थयात्रीहरू विशेषगरी वृद्धवृद्धाहरू बढी प्रभावित भएका छन्।

यस वर्षको हजको समयमा मक्का र मदिनामा औसत तापक्रम १ दशमलव ५ देखि २ डिग्री सेल्सियसले बढ्ने सम्भावना रहेको साउदी अरबको मौसम विज्ञान केन्द्रका प्रमुख अयमान गुलामले बताएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077