Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन

    आईजीपी हटाउन लागिएको विषयमा प्रहरी प्रधान कार्यालयको खण्डन

    अनलाइन नेपाल
  • आइतबार, २ असार २०८१
  • 4.1K
    SHARES

    काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी महानिरीक्षक हटाउन लागिएको विषयमा गलत समाचार सम्प्रेषण भएको भन्दै खण्डन गरेको छ ।

    यस्ता आधारहीन समाचारले प्रहरी कर्मचारी र प्रहरीमा नकारात्मक सन्देष जाने भन्दै तथ्य र स्रोतमा आधारीत भएर समाचार लेख्न प्रहरीले आग्रह गरेको छ ।



    आइतबार एक सूचना जारी गर्दै प्रहरी प्रधान कार्यालयले समाचारको खण्डन गरेको हो ।



    सूचनामा भनिएको छ,‘नेपाल प्रहरी संगठनका सन्दर्भमा केही समाचार माध्यमहरुले जथाभावी आधारहीन समाचारहरु प्रकाशन गरेको सन्दर्भमा यस संगठनमा आबद्ध अनुशासित, व्यावसायिक, निष्ठावान र सांगठनिक सक्षमता अभिवृद्धिमा विश्वास राख्ने सकल दर्जाका प्रहरी कर्मचारी मात्र नभई सथ्य, सुरक्षा, सेवा र न्यायाका लागि नेपाल प्रहरीलाई विश्वास गर्ने आम नागरिकमा समेत निराशाजनक सन्देष प्रवाह हुन सक्ने भएकाले यस्ता समाचार प्रकाशन गर्दा तथ्य र स्रोतमा आधारीत हुन।’

    साथै समाचार लेख्दा कानुनी दायरलाई मध्यनजर राख्न भन्दै प्रहरीले कडा शब्द प्रयोग गरेको छ ।

    गृहमन्त्री रवि लामिछानले आईजीपीलाई हटाउन लागिएको समाचार प्रकाशित भएको सन्दर्भमा प्रहरी प्रधान कार्यालयले यस्तो सूचना जारी गरेको हो ।

    गृह नेतृत्व र प्रहरी महानिरीक्षकबीच केही विषयमा असमझदारी भएपनि आइजिपी नै हेरफेर गर्ने तयारी भने नरहेको स्रोत बताउँछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार