Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चितवनमा पेस्तोल देखाएर सुन र नगद लुटपाट गर्ने चार जना पक्राउ

चितवन । चितवनको खोलेसिमलमा रहेको सुनचाँदी पसलमा हतियार देखाएर लुटपाट गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

शनिबार राति पौने नौ बजे विनोद सुनारको सुनचाँदी पसलबाट २ जना व्यक्ति आएर करिब ३ केजी सुन, ३५ केजी चाँदी र २ लाख नगद लुटपाट गरेका थिए।

पसल बन्द गर्न दुई सटर बन्द गर्न लाग्दा समुहमा आएका लुटेराले पेस्तोल देखाएर लुटपाट गरेको प्रहरीले जनाएको छ ।

उनीहरु पेस्तोल जस्तो वस्तु देखाएर सुनचाँदी र नगद लुटेर भागेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

लुटपाट गर्नेहरुले पसलमा रहेको सीसीटीभीको हार्डडिस्क पनि लगेका छन् ।

प्रहरीले लुटपाटमा संलग्न भएको भन्दै ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077