Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहिद रीतबहादुर खड्का क्रान्तिकारीहरूको प्रेरणाको स्रोत : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनी क्रान्तिकारीहरूको प्रेरणाको स्रोत रहेको बताएका छन् ।

सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आइतबार नेकपा ९माओवादी केन्द्र०को प्रधान कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष समेत रहेका प्रचण्डले आफ्नो जीवनकालमा खड्काले उल्लेखनीय प्रगति गरेको बताए ।

“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री प्रचण्डले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।”

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री प्रचण्डले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077