Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले मेयर बालेनलाई पक्राउ गर्न खोजेको कांग्रेस नेता कोइरालाको खुलासा

जनकपुरधाम । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)लाई सरकाले पक्राउ गर्न खोजेको दाबी गरेका छन् ।

जनकपुरमा आयोजित स्थानीय तहमा कानूनी तथा वित्तीय सुशासनसम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुशासनको कुरा गर्न नसुहाउने नेता कोइरालाको भनाई छ ।

नेता कोइरालाले भने, ‘भ्रष्टाचार बढेको बढेयै छ । कहीँकतै पनि भ्रष्टाचारमा कमी आएको म देख्दिनँ । दुर्भाग्य भन्नुपर्छ, कहीँकतै कुनै शीर्ष नेतालाई कुनै ठाउँबाट, अस्ति बालेनजीले गिरीबन्धुको कुरा निकाल्दिनुभो । त्यसको भोलिपल्टै तीन वटै नेता बालुवाटारमा बस्नुभो, बालेनलाई कसरी तह लगाउने भनेर ।’

गिरीबन्धु टी-इस्टेटबारे मेयर बालेनले स्ट्याटस लेखेपछि पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीले उनलाई पक्राउ गर्न खोजेको उनले आरोप लगाए ।

मेयर बालेनले गिरीबन्धु टीइस्टेटको जग्गा प्रकरणमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० हजार करोड अपचलन गरेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077