Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

२० जनालाई रोजगारी दिने व्यवसायीलाई ३ वर्षसम्म व्यवसाय करमा छुट दिने कामपाको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुट दिने भएको छ ।

शुक्रवार काठमाडौं महानगरको आगामी आर्थिक वर्ष २०८१र८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन्द्र साहले यस्तो घोषणा गरेका हुन ।

उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये कम्तिमा ३० प्रतिशत महानगरपालिकाको श्रम बैंकमार्फत आपूर्ति गरिने व्यवस्था मिलाइने बताए ।

मेयर साहले महानगर क्षेत्रका सहकारी संस्थाहरुको कारोबारलाई विद्युतीय प्रणालीमा आवद्ध गरी थप व्यवस्थित बनाईने उल्लेख गरे ।

सहकारी सूचना केन्द्रको स्थापना गरी वचत संकलन ऋण परिचालन तथा संस्थाको सुशासन कार्यलाई प्रभावकारी बनाइने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077