Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालाले भने – गुटबन्दीकै कारण कांग्रेसमा योग्य र इमान्दार व्यक्ति पछाडि परेँ

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेसको घर कमजोर भएको टिप्पणी गरेका छन् ।

शुक्रबार नेपाली कांग्रेस धनुषाले जनकपुरमा आयोजना गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

उनले कांग्रेसको घर कमजोर भएको भन्दै पार्टी छाडेकाहरूलाई पुनः सक्रिय हुन अनुरोध गरे । उनले गुटबन्दीले पार्टी थिलथिलो बनेको बताए ।

गुटबन्दीकै कारण योग्य र इमान्दार मानिसहरू पछाडि पर्दै गएको भन्दै उनले निष्क्रिय भएर बसेका नेताहरूलाई समेत सक्रिय हुन आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077