Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • अब पार्टीभित्र मनोनयन गर्ने प्रथा रहँदैन, प्रत्यक्ष निर्वाचन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

    अब पार्टीभित्र मनोनयन गर्ने प्रथा रहँदैन, प्रत्यक्ष निर्वाचन गर्छौँ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् ।

    अनेरास्ववियु (क्रान्तिकारी) को चौथो पूर्ण बैठकलाई आज सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताए ।



    “विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ । मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ,” उनले भने ।



    नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार