Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • सिटिइभिटीको ल्याबमा क्रिप्टो माइनिङ, विश्वास र राजेन्द्र सीआईबीको फन्दामा

    सिटिइभिटीको ल्याबमा क्रिप्टो माइनिङ, विश्वास र राजेन्द्र सीआईबीको फन्दामा

    अनलाइन नेपाल
  • शुक्रबार, ३२ जेष्ठ २०८१
  • 576
    SHARES

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ‘क्रिप्टो माइनिङ’ मा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।

    सिटिइभिटी अन्तर्गतको ट्रेनिङ इन्स्टिच्युड फर टेक्निकल इन्स्ट्रक्सनको भवनमा क्रिप्टोको माइनिङ गरेको आरोपमा सीआईबीले दुई जनालाई पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका -१ बस्ने ४० वर्षीय विश्वास गुरूङ र भक्तपुर नगरपालिका-७ बस्ने २५ वर्षीय राजेन्द्र ताहामता छन्।



    उनीहरुलाई क्रिप्टो माइनिङ गरिरहेको भन्ने सूचनाको आधारमा सीआईबीको टोलीले बुधबार सानोठिमीबाट पक्राउ गरेको हो ।

    सीआईबीले सिटिइभिटीको भवनमा रहेका कम्प्युटर तथा सर्भर प्रणालीहरूको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्‍युटरहरूमा क्रिप्टो माइनिङ एप्लिकेशन संचालनमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार