Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेसका सांसद पौडेल र मेयर बालेनबीच भेटवार्ता

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ ।

भेटघाटमा सांसद पौडेलले प्रतिनिधिसभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव र काठमाडौं क्षेत्र नम्बर ५ को विषयमा मेयर बालेनसँग छलफल गरेका हुन् ।

मेयर बालेनसँग महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले बताए ।

बुधवार प्रतिनिधिसभामा पौडेलले लगेको सङ्कल्प प्रस्तावमा पनि चीन र नेपालबिच भएको सम्झौताअनुसार काम नहुने हो भने नेपाल सरकार स्वयंले चक्रपथको कलङ्की धोवीखोला खण्ड निर्माण गरिहाल्नुपर्ने प्रस्ताव गरिएको छ ।

भेटमा पौडेल र बालेनबीच महानगरपालिकाको आगामी नीति तथा कार्यक्रम र प्राथमिकताहरूका बारेमा पनि छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077