Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मान्छे मारेर देश बन्दैन, देश नीति र कानुनले बन्ने हो : ज्ञानेन्द्र शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नीति र कानुनले देश बन्ने बताएका छन् ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय शीर्षकको खर्च रकममा खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै सांसद शाहीले यस्तो बताएका हुन् ।

सांसद शाहीले भने,'मुलुक कुन क्रान्तिले बन्छ ? सडकमा बम पड्काएर मुलुक बन्ने हो र ? दुईचारजना मारेर मुलुक बन्ने हो र ? यदि मारेर देश बन्दो हो त १७ हजार मानिस मरेका छन्,आज देश किन बनेन् ? देश नीति र कानुनले बन्ने हो। देश मन्त्रीको अर्जुन दृष्टिले बन्ने हो।'

सांसद शाहीले क्रान्तिले नभइ नीतिले मुलुक बन्ने बताए। सांसद शाहीले सत्तापक्षले सरकारले जे गरेपनि समर्थन गर्ने र विपक्षीले सधैं विरोध गर्ने प्रवृत्ति रहेको बताए ।

उनले खेतीयोग्य जमिन रहेको स्थानमा शहरीकरण,खानी भएको स्थानमा बस्ती रहेको भन्दै भूमिसम्बन्धी मन्त्रालयले कुनै पहल गर्न नसकेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077