Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • बाढीपछि बैठक होइन, उद्धारमा जुटौं : विश्वप्रकाश शर्मा

    बाढीपछि बैठक होइन, उद्धारमा जुटौं : विश्वप्रकाश शर्मा

    अनलाइन नेपाल
  • बिहिबार, ३१ जेष्ठ २०८१
  • 570
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले बाढीपहिरोको सम्भावित क्षति कम गर्न आपतकालीन बैठक बस्ने दृश्य बदल्नुपर्ने बताएका छन् ।

    प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद शर्माले यस्तो बताएका हुन् । सांसद शर्माले यसपटक बाढीपहिरोको सम्भावित क्षति कम गर्न फरक शैली अपनाउन माग गरे।



    सांसद शर्माले भने,‘बर्खाको समयमा हाम्रो देशमा ३ वटा दृश्य देखिने गरेको छ । पहिलो– बाढीपहिरो, दोस्रो आपतकालीन बैठकहरू र तेस्रो दलहरूको वक्तव्य अनि संसद्मा सांसदहरूको ध्यानाकर्षण । यसपालि दृश्य बदलौं । ध्यानाकर्षणका लागि बाढी नकुरौं । बाढीपछि बैठक होइन, उद्धारमा जुटौं । जस्तो कि हामी जान्दछौं– गाउँमा कसैको घरमा आगो लाग्दा मान्छेले बैठक गर्दैनन्, पानी खोज्छन् ।’



    उनले जलवायु परिवर्तन, भौतिक विकासका लागि जंगलको विनाश र प्राकृतिक स्रोतको अव्यवस्थित उपयोग आदि कारणले नेपाल प्राकृतिक प्रकोपबाट ग्रसित बनेको बताए ।

    भूगर्भविदहरूले औंल्याएका पहिरोको जोखिम वस्तीहरू स्थानान्तरण गर्ने दीर्घकालीन कार्ययोजना कार्यान्वयनमा तदारुकता राख्नुपर्ने र विपद व्यवस्थापनमा स्थानीय तहको मूमिकालाई बढोत्तरी दिनुपर्ने सांसद शर्माले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार