Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायलमा हिजबुल्लाहले गर्‍यो अहिलेसम्मकै ठूलो रकेट आक्रमण

एजेन्सी । इजरायलमा हिजबुल्लाहले अहिलेसम्मकै ठूलो रकेट हमला गरेको छ । हिजबुल्लाहले लेबनानबाट दर्जनौँ रकेट आक्रमण गरेपछि उत्तरी इजरायलका धेरै ठाउँमा आगो लागेको हो ।

हिजबुल्लाहले इजरायली हवाई आक्रमणमा आफ्ना एक वरिष्ठ कमाण्डरको ज्यान गएको प्रतिक्रियास्वरूप यो आक्रमण गरेको बताएको छ ।

इजरायली हवाई आक्रमणमा हिजबुल्लाह कमाण्डर तालेब अब्दुल्लाहसहित चार जनाको ज्यान गएको थियो । हिजबुल्लाहकाअनुसार रकेटहरू इजरायली सैन्य अड्डाहरू र सैन्य कारखानाहरूलाई लक्षित गरी आक्रमण गरिएको छ ।

इजरायली सेनाले हिजबुल्लाहले झण्डै ९० वटा रकेट आक्रमण गरेको दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077