Online Nepal
  • सोमबार, २९ पुष २०८१
  • लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी

    लेबनानबाट ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाको दाबी

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 798
    SHARES

    इजरायल । दक्षिण लेबनानमा मंगलबार गरिएको इजरायली आक्रमणमा हिजबुल्लाहका एक वरिष्ठ कमान्डर मारिएपछि लेबनानबाट उत्तरी इजरायलमा करिब ९० वटा क्षेप्यास्त्र प्रहार गरेको इजरायली सेनाले दाबी गरेको छ ।

    लेबनानबाट पार गर्ने लगभग ९० वटा प्रक्षेपण पहिचान गरिएको सेनाले विज्ञप्तिमा जनाएको छ । सेनाका अनुसार धेरैलाई रोकियो तर, अन्य केहीले उत्तरी इजरायलमा प्रहार गर्दा केही क्षेत्रमा आगजनी भएको छ ।



    लेबनानी लडाकु समूह हेजबुल्लाहले आफ्नो प्यालेस्टिनी सहयोगी हमासले अक्टोबर–७ मा दक्षिणी इजरायलमा आक्रमण गरी गाजामा युद्ध सुरु गरेपछि इजरायली सेनासँग लगभग दैनिक सीमापार गोलीबारी गरेको छ ।



    हालका दिनहरूमा तापक्रमसँगै युद्धको गति बढेको र हवाई आक्रमणको आदानप्रदानले सीमाको दुवै छेउमा धेरै आगजनी र डढेलोका घटनामा वृद्धि भएको छ । मंगलबार इजरायली आक्रमणमा हेजबुल्लाहका एकजना वरिष्ठ कमाण्डर मारिएपछि लेबनानबाट पछिल्लो आक्रमण आएको हो । हेजबुल्लाहले मारिने व्यक्ति अबु तालेब भनिने कमान्डर तालेब सामी अब्दुल्लाह रहेका र उनको जन्म सन् १९६९ मा भएको बताएको छ ।

    लेबनानी सैन्य स्रोतले उक्त कमान्डर युद्ध सुरु भएदेखि अहिलेसम्म मारिएका हेजबुल्लाहमा सबैभन्दा महत्त्वपूर्ण भएको बताएको छ । इजरायली आक्रमणले सीमाबाट १५ किलोमिटर टाढा रहेको जौइया सहरमा प्रहार गरेको र अन्य तीनजनाको पनि मृत्यु भएको स्रोतले जनाएको छ । रासस/एएफपी

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार