Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • सिंहदरबारभित्रबाट महानगरले गर्‍यो ५ जना बालश्रमिकको उद्धार

    सिंहदरबारभित्रबाट महानगरले गर्‍यो ५ जना बालश्रमिकको उद्धार

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 831
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्रैबाट पाँच जना बालश्रमिकको उद्धार गरेको छ ।

    सिंहदरबारभित्रका विभिन्न खाजा घर (क्यान्टिन) अनुगमन गरेको महानगर टोलीले त्यहाँ काम गर्ने पाँच बालश्रमिक उद्धार गरेको हो ।



    सिंहदरबारभित्र रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको केन्द्रीय चमेना गृहबाट तीन जना बालिका, ऊर्जा तथा जलस्रोत मन्त्रालयको १ जना बालक र उद्योग तथा बाणिज्य मन्त्रालयको क्यानटिनबाट १ जना बालक गरी पाँच जना बालबालिकाको उद्धार गरिएको महानगरले जनाएको छ ।



    उनीहरु क्यान्टिनमा काम गर्दै आइरहेका थिए । उद्धार गरिएका उनीहरुलाई संरक्षण गृहमा लगिएको छ ।

    विश्व बालश्रमविरुद्धको दिवसको दिन पारेर आज महानगरले सिंहदरबारभित्र क्यान्टिनमा कार्यरत रहेको बालबालिकाको उद्धार गरेको उद्धार टोलीले जनाएको छ ।

    पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाएको पाइएपछि बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार