काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले राजनीति अपराधीकरण भइरहेको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।
नेता कोइरालाले पछिल्लो समय अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीले राजनीतिज्ञलाई दुःख दिन थालेको बताए ।
नेता कोइरालाले भने,‘अहिले गम्भीर विषय के भएको छ, क्रिमिनलाइजेसन इन पोलिटिक्स । अत्यन्त गम्भीर भएर गइरहेको छ । तपाईंहरुले देखिरहनुभएको छ, सहकारी मात्रै होइन, धेरै ठाउँहरुमा अनावश्यक हिसाबले अख्तियारले, अनावश्यक हिसाबले निर्वाचन आयोगले, सीआईबीले दुःख दिइरहेको छ।’
नेता कोइरालाले नेता र व्यापारीहरुलाई विभिन्न बहानामा दुःख दिने र दल फुटाइदिने जस्तो प्रवृत्ति देखिएको बताए ।
तर यो प्रवृत्ति धेरै नटिक्ने उनको भनाइ छ । उनले कांग्रेसले सरकारमा जान हतार नगरेको पनि जिकिर गरे ।
Leave a Reply