Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • सत्ताका लागि लम्पसार पर्नेहरुले नै मलाई भारतीय दलाल देखे : बाबुराम भट्टराई

    सत्ताका लागि लम्पसार पर्नेहरुले नै मलाई भारतीय दलाल देखे : बाबुराम भट्टराई

    अनलाइन नेपाल
  • बुधबार, ३० जेष्ठ २०८१
  • 612
    SHARES

    काठमाडौं । नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्दा आफूलाई भारतीय दलाल भन्ने गरेको बताएका छन् ।

    नेसपा स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष भट्टराईले यस्तो बताएका हुन् ।



    अध्यक्ष भट्टराईले भारतसँग भएका असमान सन्धि सम्झौता पुनर्लेखनका लागि प्रबुद्ध व्यक्ति समूह इपीजी बनाएर समस्या समाधान गर्नुपर्छ भनेर सुरु गरेको आफूलाई भारतीय दलाल भन्ने गरेको बताए ।



    सत्ताका लागि लम्पसार पर्नेहरूले आफूलाई गलत आरोप लगाएको अध्यक्ष भट्टराईको भनाइ छ ।

    अध्यक्ष भट्टराईले भारतसँगको समस्या समाधान गरौँ भन्ने आफूलाई दलाल देख्ने तर कुर्सीका लागि भारतसँग लम्पसार गर्नेहरूलाई राष्ट्रवादी देख्ने भएकाले मुलुक बन्न नसकेको जिकिर गरे ।

    आफूले राजतन्त्रको अन्त्य गर्ने सङ्कल्प लिएकाले कम्युनिस्ट पार्टीमा लागेको र त्यसको अन्त्य भएपछि छोडेको अध्यक्ष भट्टराईको भनाई छ ।

    अध्यक्ष भट्टराईले भारतसँगको असमान सन्धि सम्झौता खारेज गर्नका लागि पनि मुलुकमा वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार