Online Nepal
  • मंगलबार, ६ कार्तिक २०८१
  • भन्सार छलीको २५ ग्राम सुनसहित दुई जना पक्राउ

    भन्सार छलीको २५ ग्राम सुनसहित दुई जना पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २९ जेष्ठ २०८१
  • 537
    SHARES

    संकेतिक तस्विर

    काठमाडौं । भन्सार छलीको करिब २५ ग्रामको सुनको एक थान सिक्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

    त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले सिक्रीसँगै आईफोन १३ प्रो म्याक्स १ थान, रेडमी मोबाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार पक्राउ गरेको हो ।



    पक्राउ पर्नेमा पाँचथरको फालेजुङ गाउँपालिका-३ निवासी ३२ वर्षीय दिलु सुब्बा र सिन्धुलीको कमलामाई नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान थोकर छन् ।



    हिमालयन एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई उक्त सामान ल्याउन लगाएको खुलेको छ ।

    उक्त सामान भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा काबारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार