Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भन्सार छलीको २५ ग्राम सुनसहित दुई जना पक्राउ

काठमाडौं । भन्सार छलीको करिब २५ ग्रामको सुनको एक थान सिक्रीसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

त्रिभुवन विमानस्थल सुरक्षा प्रहरीले सिक्रीसँगै आईफोन १३ प्रो म्याक्स १ थान, रेडमी मोबाइल ३ थान, डेल ल्यापटप २ थान र १ थान एयरपोड प्रो ४ सहित २ जनालाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पाँचथरको फालेजुङ गाउँपालिका-३ निवासी ३२ वर्षीय दिलु सुब्बा र सिन्धुलीको कमलामाई नगरपालिका-५ घर भई काठमाडौं महानगरपालिका-३२ बस्ने ३९ वर्षीय भविमान थोकर छन् ।

हिमालयन एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका दिलुलाई भन्सार छली गर्न लगाई उक्त सामान ल्याउन लगाएको खुलेको छ ।

उक्त सामान भविमानले संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको आगमन पार्किङ एरियाबाट पक्राउ गरेको हो ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा काबारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077