Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्रीले भने – मोदीसँग विगतका सम्झौता कार्यान्वयन गर्ने विषयमा कुराकानी भयो

    प्रधानमन्त्रीले भने – मोदीसँग विगतका सम्झौता कार्यान्वयन गर्ने विषयमा कुराकानी भयो

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा विगतमा भएका सहमति तथा सम्झौताको कार्यान्वयनमा छलफल भएको बताएका छन् ।

    भारत भ्रमणबाट सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएका हुन् ।



    उनले सबै द्विपक्षीय संयन्त्रहरूको बैठक सुचारु गर्ने, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको कार्यान्वयन, अरुण जलविद्युत आयोजना एवं कृषि क्षेत्रमा सहकार्यजस्ता विषयमा गहन कुराकानी भएको बताए ।



    भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्ता दिएको र मोदीले उपयुक्त समयमा भ्रमण गर्ने बताएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार