Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्रीको स्वीकारोक्ति – राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै हो, रोक्न सकिन्थ्यो

    प्रधानमन्त्रीको स्वीकारोक्ति – राजदूतलाई फिर्ता बोलाउँदा ध्यान नपुगेकै हो, रोक्न सकिन्थ्यो

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणअघि राजदूत शंकर शर्मालाई फिर्ता बोलाउँदा आवश्यक ध्यान पुर्‍याउन नसकेको स्वीकार गरेका छन् ।

    सोमबार भारत भ्रमण सकेर स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग उनले सो कुरा स्वीकार गरेका हुन् ।



    उनले भारत भ्रमणमा जानुपर्ने विषयलाई ध्यान दिएर केही दिन ढिला गर्न सकिने भए पनि ध्यान नपुगेको स्वीकारे । तर, पनि शर्माले भारत भ्रमणका क्रममा सक्रिय भूमिका खेलेको उनको भनाइ छ ।



    ‘उहाँ मेरो स्वागतमा आउनु पनि भएको थियो । र, सबै कार्यक्रममा राजदूतको हैसियतले उहाँले सक्रिय भूमिका पनि खेल्नुभयो । मैले धन्यवाद पनि भनेर आएको छु । यो त्यही बेला पर्नु संयोग हो । त्यो कुरालाई त्यति ध्यान गएर क्याबिनेटमा यो विषय प्रश्तुत त भयो, दुई दिन रोक्न पनि सकिन्थ्यो, ध्यान नगएकै हो,’ उनले भने ।

    भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आइतबार दिल्ली गएका थिए । त्यसको दुई दिनअघि बसेको मन्त्रिपरिषद् बैठकले भारतसहित ११ देशका लागि नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार