Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायल संयुक्त राष्ट्रसंघको कालोसूचीमा

एजेन्सी । इजरायली आक्रमणमा एकै दिन २७४ जना प्यालेस्टाइनीहरुले ज्यान गुमाएको घटनापछि विश्वभर विरोध प्रदर्शन भएको छ ।

आक्रमणको घटनापछि हमास र हिजबुल्लाहका समर्थकहरूले अमेरिकामा ह्वाइट हाउस नजिकै इजरायल विरोधी प्रदर्शन गरेका छन् ।

इजिप्ट, इरान, इराक, कतार र लेबनानमा पनि हिंसात्मक प्रदर्शनहरू भएका छन् । प्रदर्शनकारीहरूले अमेरिकी राष्ट्रपति बाइडेनको समेत विरोध गरेका छन् ।

गाजामा हमासविरुद्ध इजरायलको आक्रमणमा सहयोग पुर्‍याएको भन्दै उनीहरूले अमेरिकी सरकार र राष्ट्रपति बाइडेनको विरोध गरेका थिए ।

उनीहरूले ‘बालबालिकामा बम विस्फोट गर्नु आत्मरक्षा होइन’ लेखिएको ब्यानर प्रदर्शन गरेका थिए ।

इजरायलविरुद्ध निस्किएका विरोध र्‍यालीहरूमा सयौँ मानव अधिकारवादी र सर्वसाधारणको संलग्नता रहेको छ ।

सो घटनालाई लिएर संयुक्त राष्ट्रसंघले इजरायल र हमासलाई पनि मानवअधिकार उल्लंघनको आरोपमा कालोसूचीमा राखेको छ ।

युद्धग्रस्त गाजा क्षेत्रमा बालबालिकाविरोधी कार्य भएको र गम्भीर मानव अधिकार उल्लङ्घन भएको भन्दै राष्ट्र संघले यस्तो कारबाही गरेको जनाएको छ ।

इजरायल पहिलोपटक यस्तो कारबाहीमा परेको हो । यसअघि रुस, अफगानिस्तान, इराक, म्यानमार, सोमालिया, यमन, सिरिया, आतंकवादी संगठन आइएस, अलकायदा र बोको हराम राष्ट्रसंघको कालोसूचीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077