Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुराकानी ?

    प्रधानमन्त्री प्रचण्ड र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता, के भयो कुराकानी ?

    अनलाइन नेपाल
  • सोमबार, २८ जेष्ठ २०८१
  • 651
    SHARES

    काठमाडौँ । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबिच भेटवार्ता भएको छ ।

    उनीहरुबीच आइतबार राति रात्रिभोजका अवसरमा भेटवार्ता भएको हो । भेटमा उनीहरूबीच नेपाल–भारतबिच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको बताइएको छ ।



    सो अवसरमा उनीहरूबिच विगतमा भएका समझदारी एवं सम्झौताहरूको विषयमा विचार विमर्श भएको थियो ।



    प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ भएको शपथ ग्रहण समारोहमा सहभागी भएका थिए । प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार