Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गस्ती गरेर फर्कने बेला मोटरसाइकल दुर्घटनामा असईको मृत्यु, हवल्दार गम्भीर घाइते

सिन्धुली । सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक निरीक्षक (असई) को मृत्यु भएको छ भने सहायक हवल्दार गम्भीर घाइते भएका छन् ।

जिल्लाको फिक्कल गाउँपालिका ५ झगरेबेसीमा आइतबार दिउँसो प्रदेश ३–०२–००१ ब ४७९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा असई रवीन्द्र कुमार ठाकुरको मृत्यु भएको हो ।

उनको घर धनुषाको कमला नगरपालिका-९ हो । उनी प्रहरी चौकी रत्नावतीमा इन्चार्जको रुपमा कार्यरत थिए । यस्तै भिमाद नगरपालिका-७ तनहुँ घर भई सोही चौकीमा कार्यरत प्रहरी सहायक हवलदार सूर्यकुमार श्रेष्ठ गम्भीर घाइते भएका छन् ।

सोल्पाडाँडाबाट गस्ती गर्दै चौकीतर्फ फर्कने क्रममा प्रहरी सहायक निरिक्षक ठाकुरले चलाएको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

गम्भिर घाइते सहायक प्रहरी हवल्दार श्रेष्ठलाई स्थानीय अस्पतालमा सामान्य उपचारपछि थप उपचारका हेलिकप्टर मार्फत काठमाडौंको महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077