Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

स्क्वायर सहकारीमा साढे ७ करोड घोटाला, अध्यक्षसहित तीन जना सीआईबीको फन्दामा

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले स्क्वायर बचत तथा ऋण सहकारी संस्थाका  सञ्चालकहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं कुलेश्वरका ६६ वर्षीय बासुदेवमान जोशी, केल टोलका ६७ वर्षीय सुवर्ण सेलालिक र नरदेवीका ५८ वर्षीय धर्मरत्न पाछैं रहेका छन् ।

जोशी सञ्चालक समितिका अध्यक्ष, सेलालिक सचिव र पाछैं सदस्य हुन् ।

आकर्षक ब्याज दिने भन्दै रकम जम्मा गर्न लगाएर बचतकर्ताको ७ करोड ४० लाख ८७ हजार ८६० रुपैयाँ उनीहरूले हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उनीहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भनेर प्रलोभन देखाई निक्षेपकर्ताको रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा गर्न लगाई मासिक /त्रैमासिक/ वार्षिक रुपमा ब्याज पाउने र निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने भन्दै ठगेका थिए ।

उनीहरूले बचतकर्ताका सावाँ र ब्याज फिर्ता गर्नुको साटो सहकारी नै बन्द गरेका थिए ।

पक्राउ परेकाहरू विरुद्ध सहकारी ठगीको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077