Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री लामिछानेलाई लक्षित गर्दै प्रदीप पौडेलले भने - नैतिकता भए पदबाट राजीनामा दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले नैतिकताको बोध नगरिने राजनीति कांग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरेका छन् ।

शनिबारर काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले संसदीय छानबिन समिति गठन गरिसकेपछि पनि नैतिकताको बोध नगरिने राजनीतिको अभ्यास नेपाली राजनीतिमा गम्भीर विषय बनेको बताए ।

गृहमन्त्री लामिछानेमा नैतिकता भए उनले तुरुन्त राजीनामा दिनुपर्ने नेता पौडेलले बताए ।

उनले छानबिन समिति बनाउँदा पनि राजीनामा दिनुपर्दैन भनेपछि मात्रै संसदीय छानबिन समिति बनेको जिकिर गरे ।

उनले नेपाली कांग्रेसले संसदमा सहकारीको मुद्दा नउठाएको भए ७३ लाख जनता जोडिएको मुद्दालाई निर्णायक मोडमा पुर्‍याउन नसकिने स्थिति रहेको बताए ।

नेता पौडेलले गृहमन्त्री रवि लामिछानेप्रति लक्षित गर्दै राजनीतिमा नैतिकता व्यक्तिसँग निर्भर गर्ने कुरा भन्दै नैतिकताको बोध नगरिने राजनीति काँग्रेसले अन्त्य गरेर छोड्ने दाबी गरे ।

उनले सहकारी विषयमा छानबिन समिति बनिसकेपछि पनि गृहमन्त्रीकै पदमा रहीरहनु ‘नांगो भइसकेपछि पनि आफूलाई कपडा लगाएको ठान्नु’ रहेको टिप्पणी गरे ।

नेता पौडेलले जनप्रतिनिधिको आवरणमा जनतालाई ठग्ने काम व्यापक रुपमा भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077