Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शेखर कोइरालाको प्रश्न -प्रधानमन्त्री जाने दिनमा राजदूत फिर्ता बोलाउनु संयोग कि नियत ?

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राजदूत फिर्ता बोलाउने सरकारको निर्णय संयोग मान्ने कि नियत भन्दै प्रश्न गरेका छन् । शनिबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेता कोइरालाले यस्तो प्रश्न गरेका हुन् ।

त्यस्तै दुरगामी महत्वका यस्ता कार्य सरकारको अधिकार र नियमित काम नभएको उनले उल्लेख गरेका छन् । उनले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने सरकारको निर्णयप्रति पनि प्रश्न गरे ।

'लामो घनिष्ठ सम्बन्ध, व्यापारको झण्डै दुई तिहाई हिस्सा, आर्थिक, सामाजिक र धार्मिक सम्बन्ध भएको देशको राजदूत, त्यो देशमा नवनिर्वाचित सरकारको सपथग्रहणमा प्रधानमन्त्री जाने दिनमा फिर्ता बोलाउनुलाई संयोग मान्ने कि नियत ?' उनले प्रश्न गरे ।

केहि दिअघि मन्त्रिपरिषद्‌ बैठकले भारतलगायत ११ देशका राजदूत फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077