Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

संसदीय समितिको आग्रह - सहकारी छानबिन प्रतिवेदनहरू उपलब्ध गराउनू

काठमाडौं । सहकारी छानबिनसँग सम्बन्धित प्रतिवदेनहरू उपलब्ध गराउन सम्बद्ध पक्षलाई सहकारी बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले आग्रह गरेको छ ।

शुक्रबार सिंहदरबारमा बसेको विशेष समितिको दोस्रो बैठकले यस्तो आग्रह गरेको हो । बैठकले सहकारी छानबिनका लागि विगतमा गठित समिति तथा जाँचबुझ आयोगहरूको प्रतिवेदन तत्काल उपलब्ध गराउन सम्बद्ध पक्षलाई आग्रह गर्ने निर्णय गरेको बताइएको छ ।

सहकारी छानबिनको सम्बन्धमा विगतमा बनेका सबै छानबिन समिति र जाँचबुझ आयोगहरूको प्रतिवेदन असार २ गतेभित्र उपलब्ध गराउन पत्राचार गर्ने निर्णय गरिएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिए ।

बैठकमा समितिको कार्यविधिको मस्यौदा पनि छलफल सुरु गरिएको बताइएको छ । गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो ।

एमाले सांसद सूर्यबहादुर थापाको सभापतित्वमा ७ सदस्यीय छानबिन समिति गठन भएको हो । समितिले तीन महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समय तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077