Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूले गरे प्रधानमन्त्रीसँग छलफल

    बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूले गरे प्रधानमन्त्रीसँग छलफल

    अनलाइन नेपाल
  • शुक्रबार, २५ जेष्ठ २०८१
  • 429
    SHARES

    काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख, उपसभामुखले छलफल गरेका छन् ।

    शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।



    छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको टिप्पणी गर्दै जनतालाई राम्रो डेलिभरी दिनुपर्ने बताए ।



    छलफलमा कानुनमन्त्री पदम गिरी र सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री रेखा शर्मा पनि उपस्थित थिइन् ।

    त्यसैगरी नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिवको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार