Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूले गरे प्रधानमन्त्रीसँग छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग प्रतिनिधिसभाका सभामुख, उपसभामुख, राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष तथा प्रदेशसभाका सभामुख, उपसभामुखले छलफल गरेका छन् ।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा अन्तरप्रदेश व्यवस्थापिका मञ्चका पदाधिकारीहरूले प्रधानमन्त्री प्रचण्डसँग छलफल गरेका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र विरोधीबीच बहस भइरहेको टिप्पणी गर्दै जनतालाई राम्रो डेलिभरी दिनुपर्ने बताए ।

छलफलमा कानुनमन्त्री पदम गिरी र सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री रेखा शर्मा पनि उपस्थित थिइन् ।

त्यसैगरी नेपाल सरकारका मुख्यसचिव डा वैकुण्ठ अर्याल, सङ्घीय संसद्का महासचिव पद्मप्रसाद पाण्डे र प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का कार्यालयका सचिवको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077