Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनले समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरेँ : महेशकुमार बर्तौला

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले समाजलाई नकारात्मक पथमा हिँडाउने काम गरिरहेको बताएका छन् ।

बिहीबार संसद् भवन बाहिर कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सामाजिक सञ्जालमा मेयर शाहले विभिन्न स्ट्याटसहरु लेखेर नकारात्मक पथमा समाजलाई हिँडाउने काम गरिरहेको बताए ।

साथै उनले बालेनको शैलीलाई कांग्रेसले समर्थन गर्नु गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालामाथिको अपमान भएको टिप्पणी गरे ।

बालेनबाट भइरहेको काम स्वभाविक प्रकृतिको नभएको पनि उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077