काठमाडौं । प्रतिनिधिसभाबाट सुरक्षण मुद्रणसम्बन्धी विधेयक, २०८१ बहुमतले पारित भएको छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले पेस गरेको सुरक्षण मुद्रणसम्बन्धी विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको हो ।
विधेयकमाथि छलफलका क्रममा उठेका प्रश्नहरुको जवाफ दिँदै मन्त्री शर्माले नेपालभित्रै सुरक्षण मुद्रणको काम गर्न भने समय लाग्ने बताएकी थिइन्।
उक्त प्रस्तावमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री शर्माले विदेशमा छपाइ हुने सुरक्षण मुद्रणसँग सम्बन्धित बैँकका नोट, राहदानी, हुलाक टिकट, स्टिकरलगायत सुरक्षण मुद्रणसँग सामग्री स्वदेशमै छपाई गर्न विधेयक ल्याउनु परेको बताए।
उक्त प्रस्तावमाथिको छलफलमा सांसदहरू प्रेम सुवाल र रामकृष्ण यादवले भाग लिएका थिए।