एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमी देशमाथि हमला गर्न अन्य देशलाई हतियार उपलब्ध गराउने चेतावनी दिएका छन्।
जर्मनीले युक्रेनलाई दिएको लामो दुरीको हतियार रुसमाथि आक्रमण गर्न प्रयोग भएपछि पुटिनले यस्तो चेतावनी दिएका हुन्।
अमेरिकाले युक्रेनलाई रुसभित्र छिरेर हमला गर्न अनुमति दिएको थियो। यो कदमले गम्भीर समस्या निम्त्याउने पुटिनले चेतावनी दिए ।
युद्धग्रस्त क्षेत्रलाई त्यस्ता हतियार दिएर हमला गर्न लगाउने अनि समस्या सृजना गर्न मिल्छ भनेर कसैले सोच्छ भने आफूहरूसँग पनि पश्चिमी देशका संवेदनशील स्थानमा आक्रमण गर्न अन्य देशलाई सोही खालको हतियार उपलब्ध गराउने अधिकार किन नहुने भन्दै पुटिनले प्रश्न गरेका थिए ।
यसको प्रतिकार फरक हुनसक्ने र यसबारे आफूहरूले सोच्ने पनि उनले बताए ।
मस्कोले कुन देशलाई हतियार दिन्छ भन्नेबारे भने उनले केही पनि बताएका छैनन् ।
मस्कोले परमाणु हतियार कहिले चलाउँदैन भनेर सोच्नु पश्चिमको गलत अनुमान हुने पनि उनले बताए ।