कैलाली । कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिक रहेकी छिन् ।
उनको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो ।
गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।