Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएसपीमा बढुवा गर्न दुई इन्स्पेक्टरको नाम सिफारिस

काठमाडौं । नेपाल प्रहरीका दुईजना इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।

बुधबार बसेको बढुवा समितिको बैठकले प्राविधिक प्रहरी समूह, ईन्जिनियरिङ्ग उपसमूह, सूचना प्रविधि/कम्प्युटरतर्फका प्रहरी निरीक्षकद्वय उमेश प्रसाद साह र मुकेश तिवारी डीएसपीमा बढुवा सिफारिस गरेको हो ।

इन्स्पेक्टर साह साईवर व्युरो साईवर आतंकवाद अनुसन्धान शाखा (प्राविधिक) भोटाहिटी, काठमाडौं र तिवारी नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग Digital Forensic Lab  (प्राविधिक) मा कार्यरत छन् ।

बढुवाका सिफारिस सूची प्रहरी नियमावली, २०७१ (संशोधन सहित) को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077