Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए पदबाट राजीनामा

एजेन्सी । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पदबाट राजीनामा दिएका छन् ।

प्रधानमन्त्री मोदीले आज राष्ट्रपति द्रौपदी मुर्मुलाई राजीनामा बुझाएका हुन् ।

राजीनामासँगै उनले मन्त्रिपरिषद् विघटन गर्न पनि सिफारिस गरेका छन् ।

बुधबार बसेको मन्त्रिपरिषद्को अन्तिम बैठकले १७ औं लोकसभा विघटन गर्न सिफारिस गरेको थियो ।

त्यसपछि मोदी राष्ट्रपति भवन गएर राजीनामा बुझाएका हुन् ।

लोकसभा चुनावमा भाजपाले २४० सिट जितेको छ । यो बहुमत संख्या (२७२) भन्दा ३२ सिट कम हो।

भाजपा नेतृत्वको गठबन्धन एनडीएले प्राप्त गरेको २९२ सिटको आधारमा बहुमत जुटाउने कसरत भइरहेको छ ।

बहुमत जुटाउन सके उनी जवाहरलाल नेहरूपछि तीन कार्यकाल प्रधानमन्त्री बनेर इतिहास रच्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077