Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • बुधबार, २३ जेष्ठ २०८१
  • 453
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्व वातावरण दिवसका अवसरमा प्रकृति र वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्नुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री प्रचण्डले जारी गरेको शुभकामना सन्देशमा मरुभूमिकरण र खडेरीबाट भूमिको पुनःस्थापना गरी पारिस्थितिक प्रणाली पुनःस्थापना गर्ने विषयमा केन्द्रित हुनुपर्ने बताएका हुन् ।



    भूमिको उत्पादनशीलता, प्रकृति तथा वातावरणीय सन्तुलनको आधारमा वैज्ञानिक व्यवस्थापन र उपयोग गर्ने तथा पर्यावरणीय दिगो विकासको सिद्धान्त अवलम्बन गर्दै वातावरणीय सन्तुलन र दिगोपना कायम गर्ने गरी सरकारले नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको प्रधानमन्त्री प्रचण्डले सन्देशमा उल्लेख गरेका छन् ।



    “विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि भूमिका नगन्य भए पनि उल्लेख्य असर भने भोगिरहेका छौँ,” शुभकामना सन्देशमा भनिएको छ, “संघ, प्रदेश र स्थानीय सरकारका साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थालगायत सबै सरोकारवालाको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीलाई सामना गर्न सम्भव छ ।”

    प्रधानमन्त्री दाहालको शुभकामना सन्देशमा दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरुरी रहेको उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार