Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु

कटारी । उदयपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

चौदण्डीगढी नगरपालिकाको बेल्टारबाट गाइघाटतर्फ आउँदै गरेको प्रदेश १–०२–००१ ख ८५१४ नम्बरको गिट्टी बोकेको टिपरले विपरीत दिसाबाट जाँदै गरेको प्रदेश १–०२–०५२ प ३९५८ नम्बरको मोटरसाइकललाई मंगलबार त्रियुगा नगरपालिका–१ फुलजोरमा ठक्कर दिएको प्रहरी निरीक्षक विद्यालाल साहले जानकारी दिए ।

मृत्यु हुनेमा मोटरसाइकल चालक बेलका नगरपालिका–१ का ३० वर्षीय रवीन श्रेष्ठ र मोटरसाइकलमा सवार त्रियुगा–३ का २४ वर्षीय विरा राई रहेका छन् ।

प्रहरी निरीक्षक साहका अनुसार टिपर चालक त्रियुगा–७ का ३१ वर्षीय भीमबहादुर राईलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077